२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

कम्युनिष्ट आन्दोलन अगाडि बढाउन सत्ताकेन्द्रित र केन्द्रमुखी मानसिकता बदल्नुपर्छ : एमाले

बुधवार , बैशाख ९, २०८३

काठमाडौं । नेकपा एमालेका नेताहरुले नयाँ ढङ्गले नेपालको कम्युनिष्ट आन्दोलन अगाडी बढाउन केन्द्रमुखी र सत्ताकेन्द्रित मानसिकतालाई बदल्नुपर्ने धारणा राखेका छन् ।

कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा बुधबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा नेताहरुले पार्टीलाई नयाँ जीवन प्रदान गर्न र नयाँ ढङ्गले नेपालको कम्युनिष्ट आन्दोलन अगाडि बढाउन सत्ताकेन्द्रित र केन्द्रमुखी मानसिकतालाई बदल्नै पर्ने धारणा राखेका हुन् ।

कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा बादलले आत्मसमीक्षा, रुपान्तरण र एकताबद्ध हुने नयाँ अभियानका लागि सवैले संकल्प गर्नुपर्ने बताए ।

उनले अहिले नेपालमा समाजवादी आन्दोलनले गम्भीर धक्का खाएको अवस्थामा समाजवादको विजयको निम्ति आन्तरिक रूपमा दक्षिणपन्थी प्रवृत्तिलाई परास्त गर्न जरुरी रहेको उल्लेख गरे । आन्तरिक रूपमा र बाह्य रूपमा दक्षिणपन्थी प्रवृत्तिलाई परास्त गर्न नसकेका कारण अराजकतावादले आफुहरुलाई परास्त गरेको उनले बताए ।

त्यस्तै एमालेका अर्का उपाध्यक्ष विष्णु पौडेलले नयाँ ढङ्गले नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठित गर्दै राष्ट्रिय राजनीतिको मुख्य शक्तिको भूमिकामा एमालेलाई स्थापित गर्ने बताए । उनले नेपालको कम्युनिस्ट आन्दोलनले सिङ्गो इतिहासमा सबभन्दा ठुलो धक्का निर्वाचनमा बेहोर्नुपरेको धारणा राखे । कुनै पनि प्रयासहरूले पार्टीको आन्तरिक एकतालाई कमजोर नसक्ने उनले बताए ।

त्यस्तै एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई नयाँ जीवन प्रदान गर्न जनताको मत जित्नुपर्ने बताए । एमाले नेतृत्वको सरकारले गरेका राम्रा काम जनताका बीचमा लगेर स्थापीत गर्न नसकेका कारण पराजय भोग्नुपरेको उनको भनाइ छ ।

उनले सत्तामुखी नभइ जनतामुखी भएर समाजको परिवर्तनको नेतृत्व गर्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट