२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

सय रुपैयाँ भन्दा बढी मूल्यका सामानमा पनि भन्सार लगाउने निर्णय फिर्ता लिन सरकारलाई सुझाव

बुधवार , बैशाख ९, २०८३

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले एक सय रुपैयाँ भन्दा बढी मूल्यका घरायसी सामानमा पनि भन्सार लगाउने निर्णय फिर्ता लिन सरकारलाई सुझाव दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले एक सय रुपैयाँ भन्दा बढी मूल्यका घरायसी सामानमा पनि भन्सार लगाउने निर्णयले सीमा क्षेत्रमा बस्ने बासिन्दालाई समस्या भएको भन्दै उक्त निर्णय फिर्ता लिन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको समिति सभापति कृष्ण प्रसाद पौडेलले जानकारी दिए । जनताको दैनिक आवश्यकताका आधारमा सीमा क्षेत्रमा रहेका बासिन्दाले भारतबाट केहि सस्तोमा सामान ल्याउने गरेकोमा सरकारले कडाई गर्दा उनीहरुलाई समस्या भएको समितिको ठहर रहेको सभापति पौडेलले बताए ।

समितिको छलफल र सदस्यहरुको सुझावका आधारमा जनताको आधारभूत आवश्यकतालाई समेत मध्यनजर गर्दै एक सय रुपैयाँ भन्दा बढी मूल्यका घरायसी सामानमा पनि भन्सार लगाउने फिर्ता लिनुपर्छ भन्ने निष्कर्ष रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट