काठमाडौं । विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।
काठमाडौंको प्रर्दशनीमार्गमा रहेको नेपाल ल क्याम्पसका विद्यार्थीहरुले विद्यार्थी सङ्गठन खारेजीको तयारीका बिरुद्धमा प्रदर्शन गरेका हुन् । विश्वविद्यालयमा रहेका स्ववियु तथा विद्यार्थी संगठनहरुको अस्तित्व समाप्त पार्नेगरि चालिएको कदम अधिनायकवादी भएको उनीहरुले जनाएका छन् ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरुले विद्यार्थी आन्दोलन लोकतन्त्रको जननी हो, संविधान प्रदत्त अधिकार खोस्न पाइदैन, संविधानको रक्षा गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने काम कानून बिपरित हुने भएकाले आफुहरुले सांकेतिक रुपमा विरोध गरेको उनीहरुले बताएका छन् ।
विद्यार्थीहरुले विरोध स्वरुप मार्च पास समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस