काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले माफी मागेका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै ओखलढुङ्गामा भएको विद्यालयका प्रधानाध्यापकसँगको विवादका विषयमा मुख खोलेका हुन् ।
ओखलढुङ्गास्थित चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरलाई गेटमा स्वागत गर्न नआएको भन्दै थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी अहिले विवादमा छन् ।
यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरू मात्रै काँटछाँट गरी सामाजिक सञ्जालमा भिडियो भाइरल बनाइएको उनको भनाई छ ।
विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘सार्वजनिक जीवनमा रहँदा मेरो बोली, व्यवहार र संयम अझ उच्च स्तरको हुनुपर्थ्यो भन्ने कुरा म पूर्ण रूपमा स्वीकार गर्छु । यदि कसैको व्यवहारबाट असहज परिस्थिति सिर्जना भएको भए मैले अझ बढी धैर्य, मर्यादा र सम्मानका साथ प्रतिक्रिया दिनुपर्थ्यो । त्यस क्रममा मेरो अभिव्यक्ति वा व्यवहारले बसैको आत्मसम्मान, भावना वा मर्यादामा चोट पुगेको भए म हृदयदेखि क्षमायाचा गदर्छु ।’

प्रतिक्रिया दिनुहोस