२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

प्रा.डा. मनोहर प्रधान बने स्वास्थ्य मन्त्रीको प्रमुख विज्ञ सल्लाहकार

आइतवार , बैशाख १३, २०८३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको प्रमुख विज्ञ सल्लाहकारको जिम्मेवारी प्रा.डा. मनोहर प्रधानले पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. प्रधानलाई मन्त्रीको विज्ञ सल्लाहकारका रूपमा पठाउने निर्णय गरेको हो ।

डा. प्रधानले चिकित्सा र प्राध्यापन क्षेत्रमा लामो अनुभव सँगालेका छन् । चितवनलाई कार्यथलो बनाएर लामो समयदेखि चिकित्सा पेशा र प्राध्यापनमा सक्रिय डा. प्रधान विगत १८ वर्षदेखि कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज), भरतपुरमा प्राध्यापनरत छन् ।

उनी दुई पटक नेपाल मेडिकल काउन्सिलको निर्वाचित सदस्य समेत भइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट