२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

प्रधानन्यायाधीश शर्माले पदभार सम्हाल्दै, सपना मल्ल प्रधान २० दिन बिदामा

बुधवार , जेठ ६, २०८३

काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदा बसेकी छन् । प्रधानन्यायाधीशमा डा. मनोज कुमार शर्माको नियुक्तिसँगै मल्ल बिदा बसेकी हुन् ।

मंगलबार शर्मा प्रधानन्यायाधीशको पदभार ग्रहण गर्न सर्वोच्च अदालत पुग्नुअघि नै न्यायाधीश प्रधानले बिदा स्वीकृत गरेकी थिइन् । यसअघि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश भएपछि वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधानले २०८२ चैत १८ गतेदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा डा. शर्मालाई सिफारिस गरेपछि न्यायाधीश प्रधान असन्तुष्ट रहेको चर्चा हुँदै आएको थियो । सिफारिस भएको दोस्रो दिन कामु प्रधानन्यायाधीशको हैसियतमा उनले फुलकोर्ट बैठकसमेत बोलाएकी थिइन् ।

फुलकोर्ट बैठकमा प्रधानन्यायाधीश सिफारिसको विषयलाई लिएर नोकझोक भएको बताइएको छ । त्यसपछि शर्मा वैशाख २५ गतेदेखि इजलासमा बसेका थिएनन् । प्रधानन्यायाधीशको पदभार ग्रहण गरेसँगै भने उनले बुधबारदेखि इजलास सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार