२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपालले मलेसियालाई दियो २७६ रनको विशाल लक्ष्य

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स क्वालिफायर अन्तर्गत आजको खेलमा नेपालले मलेसियालाई २७६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको मौका पाएको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा २७५ रन बनायो । यो टी–२० अन्तर्राष्ट्रियमा नेपालको तेस्रो सर्वाधिक योगफल हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले ५४ बलमा १४ चौका र ८ छक्कासहित १२६ रनको शतकीय पारी खेले । आसिफ शेखले २४ बलमा ७ छक्का र ५ चौकासहित ६८ रनको पारी खेले ।  कप्तान दीपेन्द्रसिंह ऐरीले पनि टोलीको खातामा ३१ रन थपे । नेपालले अतिरिक्त रूपमा पनि आठ रन पायो । 

बलिङमा मलेसियाका विरनदीप सिंहले तीन विकेट लिए । त्यस्तै, विजय उन्नी र सइद अजिजले पनि दुई–दुई विकेट हात पारे ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार