काठमाडौं । दुई दशकदेखि वैदेशिक अध्ययन परामर्श सेवा प्रदान गर्दै आएको मोटिफ एजुकेशन अब्रोडले ‘गो ग्लोबल एजुकेशन फेयर २०२६’ आयोजना गर्ने भएको छ ।
आज नयाँ बानेश्वरस्थित मोटिफको कार्यालयमा हुने फेयर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ । फेयरमा बेलायत, अस्ट्रेलिया, न्युजिल्याण्ड र थाइल्याण्डका विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुने संस्थापक मोटिफ एजुकेशन अब्रोड संस्थापक उमेश पाण्डेले जानकारी दिए ।
फेयरका क्रममा विद्यार्थीले बेलायत, अस्ट्रेलिया र न्युजिल्याण्डका आगामी भर्नाका लागि कार्यक्रम स्थलमै आवेदन दिन सक्नेछन् । आवेदन दिने विद्यार्थीमध्येबाट लक्की ड्रमार्फत ‘म्याकबुक नियो’ जित्ने अवसर पनि प्रदान गरिने आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागी विद्यार्थीले विभिन्न देशका कलेज तथा विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष अन्तरक्रिया, तत्काल भर्ना सहयोग, व्यक्तिगत परामर्श, भिसा सहयोग तथा अध्ययन योजनासम्बन्धी मार्गदर्शन प्राप्त गर्न सक्नेछन् । साथै विशेष उपहार र गिभअवे कार्यक्रम पनि राखिएको छ ।
हाल नेपाली विद्यार्थी उच्च शिक्षा, रोजगारी अवसर र अन्तर्राष्ट्रिय अनुभवका लागि विदेश अध्ययनतर्फ आकर्षित भइरहेका बेला यस्ता शैक्षिक मेलाले सही सूचना र तयारीमा सहयोग पुग्ने अपेक्षा गरिएको पाण्डेले बताए ।
मोटिफका अनुसार कार्यक्रममा सहभागी हुन इच्छुक विद्यार्थीले अनलाइनमार्फत पूर्व दर्ता गर्न सक्नेछन् । फेयरमा तीन सयभन्दा बढी विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ ।
सन् २००७ देखि विदेश अध्ययनसम्बन्धी सेवा दिँदै आएको मोटिफले ‘गो ग्लोबल फेयर’ भने सन् २०२४ देखि सुरु गरेको हो । कम्पनीले आगामी साउनसम्म आइएलटिएस तथा पिटिई कक्षा लिने एक जना विद्यार्थीलाई पनि लक्की ड्रमार्फत म्याकबुक दिने अफर ल्याएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस