२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै  ठगी गर्ने चार जना पक्राउ

बिहिवार , जेठ २१, २०८३

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक तलबसहित विभिन्न देश पठाइदिने प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोकगढी गाउँपालिका–२ का २६ वर्षीय निमा तामाङ, काठमाडौं महानगरपालिका–३२ बस्ने महोत्तरी बर्दिबास नगरपालिका–६ का २४ वर्षीय बिबेक साह, काठमाडौं चन्द्रागिरी नगरपालिका–१ बस्ने सप्तरी राजविराज नगरपालिका–८ का ५२ वर्षीय उज्वल कुमार थापा र काठमाडौं महानगरपालिका–९ बस्ने तेह्रथुम लालिगुराँस नगरपालिका–५ का ३५ वर्षीय खेमबहादुर बस्नेत रहेका छन् ।

प्रहरीका अनुसार निमा तामाङले फ्रान्स पठाइदिने भन्दै एक जना पीडितबाट २२ लाख ८५ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । त्यस्तै बिबेक साहले जर्जिया, माल्टा लगायतका देश पठाइदिने भन्दै दुई जना पीडितबाट ६ लाख ३५ हजार रुपैयाँ लिएको आरोप छ ।

उज्वल कुमार थापाले हंगेरी र रोमानिया पठाइदिने भन्दै दुई जना पीडितबाट ९ लाख ६२ हजार रुपैयाँ र खेमबहादुर बस्नेतले फ्रान्स पठाइदिने भन्दै एक जना पीडितबाट ८ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको पीडितहरूले उजुरी दिएका थिए ।

उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले निमा तामाङलाई काठमाडौं महानगरपालिका–६ बाट, बिबेक साहलाई महानगरपालिका–१० बाट र उज्वल कुमार थापालाई महानगरपालिका–३१ बाट मंगलबार पक्राउ गरेको थियो भने खेमबहादुर बस्नेतलाई काठमाडौं महानगरपालिका–११ बाट बुधबार पक्राउ गरेको हो ।

पक्राउ परेका निमा र बिबेकलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने उज्वल र खेमबहादुरलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जानकारी दिएको छ  ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट