२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जङ्गी अड्डामा पूर्वरथीहरूसँग प्रधानसेनापतिको विशेष विमर्श: आधुनिकीकरण र राष्ट्रिय सुरक्षामा छलफल

शनिवार , जेठ ९, २०८३

काठमाडौं । जङ्गी अड्डामा अवकाश प्राप्त रथीहरुसँग अन्तरक्रिया एवं भेटघाट कार्यक्रम सम्पन्न भएको छ । 

शुक्रबार सम्पन्न अन्तरक्रियामा नेपाली सेनाले स्थापनाकालदेखि बहन गरिरहेको जिम्मेवारी तथा महत्वपूर्ण कार्यहरू तथा कल्याणकारी गतिविधिको सम्बन्धमा समीक्षा गर्दै राष्ट्रिय सुरक्षासँग सम्बद्ध समसामयिक विषयहरूमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ । 

त्यस अवसरमा प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको समयसापेक्ष आधुनिकीकरण तथा क्षमता विकासका लागि राष्ट्र र संस्थाप्रति समर्पित अग्रज नेतृत्वबाट निरन्तर प्रेरणा प्राप्त भएकामा उक्त अमूल्य योगदानप्रति उच्च सम्मान व्यक्त गरेका थिए।

यस प्रकारको कार्यक्रमबाट सेवारत र अवकाशप्राप्त सैनिकहरूबीच निरन्तर सम्बन्ध कायम हुनुको साथै प्राप्त राय सुझावले राष्ट्रिय दायित्वलाई आत्मसात् गरी समग्रमा राष्ट्रिय हितको संरक्षणमा सहयोगीसिद्ध हुने विश्वास लिइएको नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट