२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ आयोजना हुँदै

आइतवार , जेठ १०, २०८३

काठमाडौं । काठमाडौंमा आगामी जेठ १५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ आयोजना हुने भएको छ ।

आईतबार काठमाडौमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिइएको हो । 

आयोजकका अनुसार आठ दिने कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको छ । पहिलो चरणअन्तर्गत जेठ १५ देखि २० गतेसम्म लेखकहरूको कार्यशाला सञ्चालन हुनेछ भने दोस्रो चरणमा जेठ २१ र २२ गते साहित्य महोत्सव आयोजना गरिनेछ । 

कार्यशालामा विश्वप्रसिद्ध कवि, लेखक तथा प्रशिक्षकहरूले कविता, संस्मरण, हाइकु, फ्ल्यास फिक्सनलगायत विभिन्न विधामा प्रशिक्षण दिने जनाइएको छ । 

लेखनमा अड्किएका स्रष्टाहरूलाई सिर्जनात्मक रूपमा अघि बढाउन कार्यशालाले सहयोग गर्ने आयोजकको भनाइ छ । कार्यक्रम केवल होटलमा सीमित नराखी काठमाडौंका मन्दिर, गुम्बा तथा ऐतिहासिक सम्पदा स्थलहरूको भ्रमणसँगै सञ्चालन गरिने बताइएको छ । सहभागीहरूलाई नेपाली समाज, संस्कृति र प्राकृतिक सौन्दर्यसँग प्रत्यक्ष परिचित गराइने आयोजकले जनाएको छ ।

त्यस्तै साहित्य महोत्सवअन्तर्गत पुस्तक विमोचन, कविता वाचन, सांस्कृतिक कार्यक्रम तथा पहिलोपटक नेपालमा पोएट्री फिल्म फेस्टिभल आयोजना गरिनेछ । कार्यक्रममा युवा, महिला तथा वरिष्ठ पुस्ताका साहित्यकारहरूको विशेष सहभागिता रहने आयोजकले जनाएको छ ।

महोत्सवमा नेपालसहित विभिन्न देशका चर्चित साहित्यकार, कवि तथा कलाकारहरूको सहभागिता रहनेछ । आयोजकका अनुसार कार्यक्रमले नेपाललाई अन्तर्राष्ट्रिय साहित्यिक केन्द्रका रूपमा थप स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ