काठमाडौं । नेपाल भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संरक्षण समितिले देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै समितिले आफुहरुले अघि सारेका १५ बुँदे माग पुरा नभए आन्दोलन गर्ने भन्दै देशव्यापी संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।
उनीहरुले बिकल्प दिएर मात्रै डोजर लगाउनुपर्ने, जोखिमयुक्त स्थानमा बसोबास गरिरहेकालाई जमिनसहित उचित व्यवस्था गर्नुपर्ने, नागरिकको संवैधानिक र मानवीय अधिकारको संरक्षण गर्नुपर्ने लगाएतका माग अघि सारेका छन् ।
समितिका संयोजक खगेन्द्र पौडेलले लाखौं भूमिहीन–सुकुम्बासी समुदायमाथि वैकल्पिक पुनस्र्थापना, उचित व्यवस्थापन बिना डोजर लगाइएकोले संघर्षमा उत्रिन बाध्य भएको बताए ।
उनले अहिले बसेकै स्थानमा जमिन दिन पनि सरकारको ध्यानाकर्षण गराए ।
वर्षौंदेखि बसोबास गर्दै आएका भूमिहीन तथा सुकुम्बासीहरुलाई विना विकल्प डोजर लागाउने आफुहरुको मानवअधिकारको हनन समेत भएको समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस