२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

‘ग्यालेक्सी फोर के’ टेलिभिजनको भवन १५ दिनभित्र खाली गर्न महानगरको अन्तिम अल्टिमेटम

मंगलवार , जेठ १२, २०८३

काठमाडौं । काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालिलाई ‘ग्यालेक्सी फोर के’ टेलिभिजन सञ्चालन भइरहेको भवन १५ दिनभित्र खाली गर्न अन्तिम सूचना जारी गरेको छ ।

महानगरपालिकाले मंगलबार जारी गरेको सूचनामा तोकिएको समयभित्र कानुनबमोजिम सरसामान नलगिए महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन, २०७५ को दफा ७० बमोजिम लिलाम प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ ।

महानगरका अनुसार निर्णय कार्यान्वयन भएको ६ महिना पूरा भएपछि वादी मृगेन्द्र मिश्रले ग्यालेक्सी फोर केमा रहेका सामान लिलाम गरिपाऊँ भन्दै २०८३ वैशाख २१ गते निवेदन दिएका थिए । त्यसकै आधारमा अन्तिम सूचना प्रकाशित गरिएको जनाइएको छ ।

यसअघि २०८२ साउन २८ गते उच्च अदालत पाटनले दुई महिनाभित्र न्यायिक समितिको निर्णय कार्यान्वयन गर्न परमादेश जारी गरेको थियो । अदालतको आदेशपछि २०८२ कात्तिक १४ गते महानगरपालिकाको टोली खटिएर निर्णय कार्यान्वयन गरिएको सूचनामा उल्लेख छ ।

यस प्रकरणमा मृगेन्द्र मिश्रले घरभाडा असुल गरी घरजग्गा खाली गराइदिन माग गर्दै गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई विरुद्ध महानगरको न्यायिक समितिमा मुद्दा दायर गरेका थिए ।

न्यायिक समितिले २०८१ कात्तिक १४ गते बहाल रकम र बहाल कर प्रतिवादीबाट असुल गरी घरजग्गा खाली गराउने निर्णय गरेको थियो ।

सहकारी रकम अपचलन प्रकरणमा फरार रहेका जीबी राईले सहकारीको रकम गोरखा मिडिया नेटवर्क प्रालि मार्फत सञ्चालित ‘ग्यालेक्सी फोर के’ टेलिभिजनमा लगानी गरेको आरोप छ । उक्त प्रकरणमा रवि लामिछाने समेत सहकारी रकम अपचलन मुद्दा खेपिरहेका छन् ।

Kathmandu-Mahanagar-Notice-Galaxy-4K.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ