२०८३, आषाढ ३ गते

बुधवार, आषाढ ३ गते २०८३

परीक्षा प्रणाली सुधार्दै कृषि विश्वविद्यालय

मंगलवार , आषाढ २, २०८३

चितवन । चितवन जिल्लास्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले परीक्षा प्रणालीलाई छिटो छरितो बनाउन सुरु गरेको छ । विश्वविद्यालयका आठ आङ्गिक र आठ सम्बन्धन प्राप्त कलेज छन् । सबैभन्दा बढी कृषिका विद्यार्थी अध्ययनरत छन् ।

एउटै सङ्कायको नतिजा आउन वर्ष दिनसम्म लाग्ने गरेकामा अहिले दुई महिनाभित्रमा नतिजा आउनेगरी काम सुरु गरिएको छ ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा डा मनोज शाहले एकै समयमा परीक्षा सम्पन्न भएका परीक्षार्थीको नतिजा एकैपटक हुनेगरी काम भइरहेको बताए ।

विश्वविद्यालयमा कृषि सङ्काय, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय र वन विज्ञान सङ्काय स्नातक, स्नातकोत्तर र विद्यावारिधि पढाइ हुँदै आएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा डा सुविर सिंहले थोरै विद्यार्थी भएकाहरूको सेमेष्टरको नतिजा एक महिनाभित्रमा र धेरै विद्यार्थी भएका सङ्कायको दुई महिनाभित्रमा नतिजा प्रकाशन गर्न सुरु गरिएको जानकारी दिए ।

उनले भने, “थोरै विद्यार्थी भएका स्नातकोत्तर र विध्यावारिधिको परीक्षा सकिएको एक हप्तामा नै नतिजा दिन थालिएको छ ।” गत वैशाख ३० गते उपकुलपतिमा नियुक्त भएका प्रा डा होमबाहादुर बस्नेत एक महिनामा नै नतिजा आउनेगरी काम भइरहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट