
काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा चार हजार १०७ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार ११ हजार ३ सय ५४ नमूनाको पीसीआर परीक्षण दुई हजार ९७५ र चार हजार ९४४ जनाको एन्टिजेन परीक्षण गर्दा ११ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार २४ घण्टामा ३५ जनाको कोरोनाले मृत्यु भएको छ। त्यसैगरी २४ घण्टामा १५ सय ३५ जनाले कोरोना जितेका छन्।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले परीक्षण गरिएकामध्ये २६.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा दुई हजार ९७५ जना र एन्टिजेन परीक्षण गर्दा चार हजार १०७ जनामा सङ्क्रमण देखिएको छ ।
आज एक हजार ५३५ सङ्क्रमणमुक्त भएका छन् । यस्तै विगत २४ घण्टामा ३५ जनाको निधन भएको छ ।
यस्तै काठमाडौँ उपत्यकामा एक हजार २७९ सङ्क्रमण देखिएको छ । भक्तपुरमा २०६ जना, ललितपुरमा १६५ जना र काठमाडौँमा ९०८ जना सङ्क्रमित भएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend