logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • भूमी आयोग खारेज गरेर सुकुम्बासी र गरिबको पेटमा लात हानियो : देवी ज्ञवाली (भिडियोसहित) 

    भूमी आयोग खारेज गरेर सुकुम्बासी र गरिबको पेटमा लात हानियो : देवी ज्ञवाली (भिडियोसहित) 

    4.9K
    Shares

    काठमाडौं। खारेज भएको भूमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले सरकारले गरिबको पेटमा लात हानेको बताएका छन्। 

    गठन भएको १३ महिनापछि मंगलबार मन्त्रिपरिषद् बैठकले आयोग खारेज गरेपछि ज्ञवालीले आक्रोश पोखेका हुन्। सरकारले आयोग खारेज गरेर गरिब र सुकुम्बासीको पेटमा लात हानेको उनको भनाइ छ।

    ‘सुकुम्बासीको पेटमा लात हानियो’, ज्ञवालीले भने, ‘कसैलाई मन नपरेको भए व्यक्ति परिवर्तन गर्न सक्नुहुन्थ्यो’, उनले भने, ‘तर किन आयोग नै विघटन भयो ?’  

    तुच्छ राजनीतिक स्वार्थसँग सम्बन्ध भएकाले यो खारेज भएको उनको बुझाई छ। ‘तुच्छ राजनीतिक स्वार्थसँग उहाँहरुको सम्बन्ध छ’, उनले सुनौलो नेपालसँगको कुराकानीमा भने। 

    यो सरकारको निर्णयले सुकुम्बासीमाथि बज्रपात भएको उनले बताए। ‘भूमिहिन सुकुम्बासीका नाममा यो निर्णयले बज्रपात भयो’, उनले भने, ‘अब उनीहरुको भाग्यमा कालो पोतियो। यो निर्णयले गरिबलाई भाग्यवादमा धकेल्यो।’ 

    केपी ओलीले गठन गरेको आयोगले काम गर्दागर्दै खारेज गरेको उनले बताए। शेरबहादुर देउवा नेतृत्वमा आएपछि विघटन भएको उनको भनाइ छ। उनले यसमा देउवाका वैशाखी को–को छन् भन्ने आफूलाई थाहा नभएको व्यङ्ग्य गरे। 

    आयोग सफल भए केपी ओलीलाई जस जान्छ भनेर तुच्छ सोच  राख्नुभयो। नेता डबल स्ट्यान्डरका कुरा गर्ने बनी परेको भन्दै उनले प्रचण्डप्रति व्यङ्ग्य गरे। सुरुमा राम्रो काम गर्नु भएको छ भनेको सुनाउँदै उनले प्रचण्डमाथि व्यङ्ग्य गरेका हुन्। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend