काठमाडाैं । बुधबारदेखि निष्काशन भएको सानिमा लाइफ इन्स्योरेन्सको पहिलो दिन २ गुणा बढी आवेदन परेकाे छ ।
५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएकोमा निष्काशनको पहिलो दिन अपरान्ह ५ बजेसम्म ७ लाख २८ हजार ८ सय ४० जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब २० करोड १८ लाख २६ हजार रकम बराबरको १ करोड २० लाख १८ हजार २ सय ६० कित्ता शेयरको लागि आवेदन परेको छ ।
आईपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । यो आईपीओमा आवेदन दिने अन्तिम समय छिटोमा साउन २४ गते आइतबारसम्म रहेको छ ।
आईपीओमा निष्काशनको पहिलो दिन ५ बजे सम्मको तथ्यांकमा शेयर आवेदन गर्ने आवेदकको संख्या हालसम्मकै सबैभन्दा बढि हाे । यो आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेकाे छ ।