शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

बिहीबारदेखि युएईमा नेपालीलाई प्रवेश खुला

बिहीबारदेखि युएईमा नेपालीलाई प्रवेश खुला

काठमाडाैं । संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाली नागरिक जानका लागि खुला गरेकाे छ । कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको हाे । युएईले बिहीबारदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।

युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ । युएइको सरकारी निकायमा कार्यरत व्यक्ति, युएइमा कार्यरत स्वास्थ्यकर्मी, युएइका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, युएईमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउने छन् ।

उनीहरूले युएई सरकारको अनुमति भने लिनु पर्नेछ । त्यसरी युएई प्रवेश गर्नेका व्यक्तिको हकमा नेपालको विमानस्थलमा र्‍यापिड टेस्ट हुने, युएईका विमानस्थलमा अवतरण भएपछि पीसीआर परीक्षण हुने, क्वारेन्टिनलगायतका अन्य स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्ने दूतावासले जनाएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend