२०८३, आषाढ १० गते

बुधवार, आषाढ १० गते २०८३

स्थानीय सरकारको बजेट

४४६ गाउँपालिकाले ल्याए बजेट, १४ पालिका मात्रै बाँकी

बुधवार , आषाढ १०, २०८३

काठमाडौं /आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्ने संवैधानिक समयसीमा असार १० सम्म देशभरका अधिकांश गाउँपालिकाले गाउँसभामा बजेट पेश गरेका छन्। गाउँपालिका राष्ट्रिय महासंघ नेपाल ले सार्वजनिक गरेको विवरण अनुसार कुल ४६० गाउँपालिकामध्ये ४४६ गाउँपालिकाले बजेट पेश गरेका छन् भने १४ गाउँपालिकामा बजेट पेश हुन बाँकी रहेको छ ।

महासंघका अनुसार यो कुल गाउँपालिकाको करिब ९७ प्रतिशत हो। केही गाउँपालिकाले नीति तथा कार्यक्रम प्रस्तुत गरिसके पनि बजेट भने अझै पेश गर्न बाँकी रहेको गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी अधिकृत राजेन्द्र प्रसाद प्याकुरेलले जानकारी दिए ।

9525c8ce-5b58-4802-ae19-a8e2262260b0.jpg

प्रदेशगत रूपमा हेर्दा गण्डकी प्रदेशका सबै ५८ गाउँपालिकाले शतप्रतिशत बजेट पेश गरेका छन्, यस्तै बागमतीमा ७४ मध्ये ७३, लुम्बिनीमा ७३ मध्ये ७०, कर्णालीमा ५४ मध्ये ५२ र सुदूरपश्चिममा ५४ मध्ये ५२ गाउँपालिकाले बजेट प्रस्तुत गरेका छन्,कोशीमा ८८ मध्ये ८५ र मधेशमा ५९ मध्ये ५६ गाउँपालिकाले बजेट ल्याएका छन् ।

महासंघले बाँकी रहेका गाउँपालिकामा बजेट पेश हुन नसक्नुका कारणहरूमा तयारी नपुग्नु, अध्यक्ष अस्वस्थ हुनु, अध्यक्षका परिवारका सदस्य बिरामी हुनु, प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुनु तथा बजेट निर्माणमा सहमति जुट्न नसक्नु लगायत रहेको प्याकुरेलले बताए। 

स्थानीय सरकारको दोस्रो कार्यकालका जनप्रतिनिधिहरूका लागि यो पाँचौँ तथा अन्तिम नीति, कार्यक्रम र बजेट चक्र भएकाले अधिकांश पालिकाले समयमै प्रक्रिया अघि बढाएको महासंघको भनाइ छ। बाँकी गाउँपालिकाले पनि केही दिनभित्र गाउँसभा सुरु गरी बजेट पेश गर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार