शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

आजदेखि देशभर भेरोसेलको दोस्रो डोज लगाइँदै

आजदेखि देशभर भेरोसेलको दोस्रो डोज लगाइँदै

काठमाडौं । आज देखि देशभर कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्र लगाइने भएको छ । 

गत असार २९ देखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई शुक्रबारदेखि दोस्रो मात्रा लगाउन थालिएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा विदेश जाने नागरिकका लागि छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरिएको विभागको भनाइ छ।

विभागका अनुसार पहिलो मात्रा लगाएको २१ दिन पुगेका सबैलाई दोस्रो मात्राको खोप दिइने भएको हो । 

सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्ला स्वास्थ्य कार्यालयलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

खोप केन्द्रमा जाँदा स्वास्थ्यका सबै मापदण्ड पालना गर्न पनि अनुरोध गरिएको छ । 

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend