२०८३, आषाढ १५ गते

सोमवार, आषाढ १५ गते २०८३

नेपालमा पहिलो पटक ‘लाइभ लाइन’ मर्मत सुरु : अब विद्युत नकाटी लाइन मर्मत सम्भार हुने

सोमवार , आषाढ १५, २०८३

काठमाडौं / नेपालमा पहिलो पटक ११ केभी र ३३ केभी क्षमताका विद्युत प्रसारण तथा वितरण लाइनहरूमा विद्युत प्रवाह भइरहेकै अवस्थामा ‘लाइभ लाइन मर्मत–सम्भार’ सुरु गरिएको छ ।

११ केभी र ३३ केभी क्षमताका प्रसारण तथा वितरण लाइनमा विद्युत आपूर्ति बन्द नगरी मर्मत गर्न सकिने यो प्रविधि नेपालमा पहिलो पटक प्रयोगमा ल्याइएको हो। यसले अब सामान्य मर्मत–सम्भारका लागि पटक–पटक लाइन कटौती (सटडाउन) गर्नुपर्ने अवस्थालाई क्रमशः अन्त्य गर्ने अपेक्षा गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणका कायम मुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ को उपस्थितिमा लुम्बिनी प्रादेशिक कार्यालयबाट यस कार्यको औपचारिक शुभारम्भ गरिएको हो। नमुना परियोजना अन्तर्गत बुटवल उपमहानगरपालिका–११, कालिकानगरस्थित ११ केभी वितरण लाइनमा विशेष तालिम प्राप्त प्राविधिक टोलीले अत्याधुनिक इन्सुलेटेड उपकरण प्रयोग गरी लाइन सञ्चालनमै रहेको अवस्थामा सफलतापूर्वक मर्मत सम्पन्न गरेको प्राधिकरणले जनाएको छ।

733019973_1567948128222037_5468630061220105660_n.jpg

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा उपभोक्तालाई बिना अवरोध गुणस्तरीय, सुरक्षित र निरन्तर विद्युत आपूर्ति सुनिश्चित गर्ने उद्देश्यसहित लाइन बन्द नगरी मर्मत गर्न सकिने विशेष उपकरण खरिद, आवश्यक प्रविधि भित्र्याउने तथा प्राविधिक कर्मचारीलाई विशेष तालिम दिने काम सुरु गरिएको बताएका छन् ।

घिसिङले आफू नेतृत्वमा रहँदा सुरु गरिएको योजना कार्यान्वयनमा आएकोमा खुसी व्यक्त गर्दै यो अभ्यासलाई ११ र ३३ केभीमा मात्र सीमित नराखी आगामी दिनमा उच्च क्षमताका प्रसारण लाइनहरूमा समेत विस्तार गर्नुपर्ने बताएका छन् ।

उनका अनुसार यस्तो प्रविधिको विस्तारले नेपालको विद्युत प्रणालीलाई अझ विश्वसनीय, आधुनिक र अन्तर्राष्ट्रिय स्तरअनुकूल बनाउन महत्वपूर्ण योगदान पुग्नेछ ।

प्राधिकरणका अनुसारलाइभ लाइन मेन्टीनेन्स को प्रयोग बढ्दै जाँदा विशेषगरी सहरी वितरण प्रणालीमा विद्युत आपूर्ति अझ स्थिर, सुरक्षित र उपभोक्तामैत्री बन्नेछ।

733448339_1567948064888710_3732110371756350929_n.jpg

यस प्रविधिबाट मर्मत–सम्भारका क्रममा विद्युत आपूर्ति बन्द हुने अवस्था न्यून हुने, योजनाबद्ध लाइन कटौती उल्लेख्य रूपमा घट्ने, वितरण प्रणालीको विश्वसनीयता र सेवा गुणस्तरमा सुधार आउन नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

उद्योग, व्यवसाय, स्वास्थ्य संस्था तथा अत्यावश्यक सेवामा विद्युत अवरोध कम हुने र उपभोक्ताले थप सुरक्षित, भरपर्दो र निरन्तर विद्युत सेवा प्राप्त गर्ने पनि प्राधिकरणको भनाई छ ।

यो प्रविधि लागू भएसँगै सामान्य मर्मत–सम्भारका लागि पटक–पटक विद्युत आपूर्ति बन्द (सटडाउन) गर्नुपर्ने अवस्था क्रमशः अन्त्य हुने अपेक्षा गरिएको छ । उद्योग, व्यवसाय, सेवा क्षेत्र तथा सर्वसाधारण उपभोक्ताले अझ भरपर्दो, सुरक्षित र निरन्तर विद्युत सेवा प्राप्त गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट