शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

खानपान यसरी गर्नुहाेस्, डब्लूएचओका ५ टिप्स

खानपान यसरी गर्नुहाेस्, डब्लूएचओका ५ टिप्स

काठमाडाैं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण कैयौं चिजमा परिवर्तन आएको छ । सरससफाइ, स्वास्थ्य, खानपान तथा स्वच्छता मानिसको प्राथमिकतामा पर्न थालेको छ । खानपानका कारण कोभिड–१९ फैलिन्छ कि भन्ने चिन्ता पनि कतिपयमा छ ।

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुरक्षित खानपानका लागि ५ वटा टिप्स दिएको छ।

१) सधैं स्वच्छ रहनुस् ।

-खाना पकाउनुअघि तथा पकाइरहँदा पनि हात धुनुस् ।

-शौचालय गएपछि हात राम्रोसँग धुनुस् ।

-खाना बनाउने ठाउँ (किचेन), चुल्हो तथा भाँडाकुँडा राम्रोसँग सफा गर्नुस् र सेनिटाइज पनि गर्नुस् ।

-किचेनलाई किरा–फट्यांग्रा तथा घरपालुवा जनावरको पहुँचबाट टाढा राख्नुस् ।

२) नपकाइएको खानेकुरा पकाएको खानेकुरासँग टाढा राख्नुस् ।

-कुखुराजन्य उत्पादन (अण्डा, मासु आदि), खसीको काँचो मासु तथा सी फुड आदि अन्य खानेकुराभन्दा अलग राख्नुस्। यसबाट अन्य खानेकुरामा ब्याक्टेरिया सर्न सक्छ ।

-काँचै खान मिल्ने खानेकुराका लागि छुट्टै भाँडाकुँडा, चक्कु तथा कटिङ बोर्ड प्रयोग गर्नुस् ।

-पकाइएको खानेकुरा र काँचो खानेकुराबीच कुनै पनि किसिमको सम्पर्क वा मिसावट नहोस् ।

३) खानेकुरा राम्रोसँग पकाउनुस् ।

-खासगरी खसी तथा कुखुराको मासु, अण्डा, सी फुड आदि राम्रोसँग पकाएर मात्र खानुस्। निश्चितताका लागि थर्मोमिटर प्रयोग गर्न सक्नुहुन्छ । राम्रोसँग पकाउँदा खानेकुरामा भएको सुक्ष्म किटाणु नष्ट हुन्छ ।

-सुप आदि झोलिलो पदार्थ कम्तिमा ७० डिग्री सेल्सियस तापक्रममा उमाल्नुस्। कुनै पनि खानेकुरा कम्तीमा यो तापक्रममा पकाएपछिमात्र खान लायक हुन्छ ।

-पकाइएको खानेकुरा खाने बेलामा चिसो भएको छ भने तताएर मात्र खानुस् ।

४) खानेकुरा सुरक्षित तापक्रममा राख्नुस् ।

-पकाइएको खानेकुरा कोठाको सामान्य तापक्रममा दुई घण्टाभन्दा बढी नराख्नुस् ।

-तयारी खानेकुरा खासगरी चाँडै बिग्रने खानेकुरा पाँच डिग्रीभन्दा कम तापक्रममा फ्रिजमा राख्नुस् ।

-खानेकुरा खानुअघि तेज आँच ९६० डिग्रीभन्दा बढी तापक्रम० मा तताउनुस् ।

-फ्रिजमा लामो समयसम्म खानेकुरा नराख्नुस् ।

– फ्रोजन फुड (बरफमा जमेको खानेकुरा) लाई कोठाको सामान्य तापक्रममा पग्लिनको लागि नछोड्नुस् ।

५) सफा पानी र स्वच्छ भोजन सामग्री प्रयोग गर्नुस् ।

-सफा पानीमात्र प्रयोग गर्नुस् ।

-ताजा तथा पौष्टिक खाद्य सामग्रीमात्र उपभोग गर्नुस् ।

-सुरक्षित प्रोसेसिङ गरिएको खानेकुरामात्र उपभोग गर्नुस्। जस्तो कि पाश्चराइज्ड दूध ।

-फलफूल तथा तरकारी राम्रोसँग धुनुस् ।

-कुनै पनि खाद्य पदार्थ उपभोग गर्नुअघि उत्पादन तथा उपभोग मिति हेर्न नबिर्सनुस् ।

– बीबीसीबाट

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend