
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३२ सय १८ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७३ जनाको नमुना परीक्षण गर्दा तीन हजार बढीमा संक्रमण पुष्टि भएको हो।
त्यसैगरी २४ घण्टामा १७ सय २२ जनाले कोरोना जितेका छन् भने १९ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ।
अहिले ७४६ जनाको आईसीयूमा उपचार भइरहेको छ भने १६९ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन्। त्यस्तै ३२ हजार २७ जना होमआइसोलेशन, तीन हजार ४०५ संस्थागत आइसोलेसन, ४४३ क्यारेन्टिनमा रहेका छन्।
पछिल्लो २४ घण्टामा एक लाख ९१ हजार ३३९ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ।
उपत्यकामा ७०१ सङ्क्रमित थपिए
उपत्यकामा शनिबार थप ९१० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। काठमाडौँमा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १२८ जना रहेका छन्।
शुक्रबार काठमाडौँ उपत्यकामा जम्मा ७०१ जना सङ्क्रमित थपिएका थिए। शुक्रबार काठमाडौँमा ४७१, ललितपुरमा १४७ र भक्तपुरमा ८३ जना सङक्रमित थपिएका थिए।
नेपालमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ४३२ जना रहेको मन्त्रालयले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend