शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सोमबारदेखि कोभिशिल्ड खोपको दोस्रो मात्रा दिने : यी हुन् खोप केन्द्र (सूचीसहित) 

सोमबारदेखि कोभिशिल्ड खोपको दोस्रो मात्रा दिने : यी हुन् खोप केन्द्र (सूचीसहित) 

काठमाडौं। सोमबारदेखि सरकारले कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाउने भएको छ। अघिल्लो पटक कोभिशिल्ड लगाएकालाई दोस्रो डोजको रुपमा एस्ट्राजेनेकाको खोप दिन लागेको हो। 

कोरोनाविरुद्धको पहिलो मात्र कोभिशिल्ड लगाएका ज्येष्ठ नागरिकलाई सोमबारदेखि दोस्रो डोजको रुपमा अस्ट्राजेनेका खोप लगाउने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयको खोप महाशाखाका अनुसार भुटानबाट आएको दुई लाख ३० हजार डोज र जापानबाट आएको अस्ट्राजेनेका खोप लगाउन लागिएको हो।

६५ वर्षमाथिका १३ लाख बढी ज्येष्ठ नागरिकले यसअघि कोभिशिल्डको पहिलो डोज लगाएका छन्। उनीहरुलाई सोमबारबाट दोस्रो डोज लगाउन लागिएको हो। 

काठमाडौ्रका प्र्रमुख जनस्वास्थ्य प्रशासक बुद्धिबहादुर खड्काका अनुसार भारतबाट खोप आउनेक्रम रोकिएपछि पहिलो मात्रा कोभिशिल्ड लगाएका ज्येष्ठ नागरिकलाई अस्ट्राजेनेका खोप लगाउने निर्णय भएको हो। 

सोमबारदेखि दोस्रो डोज लगाउने गरी स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका १२ वटा स्थानीय तहमा खोप केन्द्र तोकेको छ। 
khopa12.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend