काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर प्रदर्शन गरेको छ ।
प्रदर्शनका कारण सिंहदरबार दक्षिण गेट आसपासको मुख्य सडकमा केहीबेर सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको थियो । व्यस्त समयमा सडक अवरुद्ध भएपछि तत्कालै ठुलो संख्यामा परिचालन भएको प्रहरी टोलीले हस्तक्षेप गरेको थियो । प्रहरीले बल प्रयोग गरी सडकमा तेर्स्याइएका मोटरसाइकलहरू हटाएपछि मात्रै यातायात आवतजावत पुनः सञ्चालनमा आएको थियो ।
प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले गरिबको आवाज दबाउन पाइँदैन जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेर सरकारको कार्यशैलीविरुद्ध चर्को नाराबाजी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस