काठमाडौं । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका सबै मन्त्रीहरूले सामूहिक रूपमा राजीनामा बुझाउँदै सरकारबाट बाहिरिएका छन् ।
बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमै कांग्रेसका तर्फबाट सरकारमा नेतृत्व गरेका चारै जना मन्त्रीहरूले मुख्यमन्त्री समक्ष राजीनामा पत्र बुझाएका हुन् ।
सत्ता साझेदार दल नेपाली कांग्रेसका मन्त्रीहरूको यो आकस्मिक र सामूहिक बहिर्गमनसँगै कर्णाली प्रदेश सरकारको राजनीतिक समीकरणमा नयाँ मोड आएको छ । केन्द्रमा बदलिएको राजनीतिक परिस्थितिका कारण कर्णाली सरकारमा समेत यसको सिधा असर देखिएको हो ।
कांग्रेस मन्त्रीहरूको राजीनामासँगै मुख्यमन्त्री अल्पमतमा पर्ने वा सरकारको नयाँ खाका तयार हुनेबारे दलहरूबीच आन्तरिक छलफल तीव्र बनेको छ ।
प्रतिक्रिया दिनुहोस