सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरिरहेका नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका अध्यक्ष दीपक धामीसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बुधबार बिहान पर्चा-पम्प्लेटसहित सिंहदरबार पुगेर प्रदर्शन सुरु गरेलगत्तै उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईका अनुसार प्रदर्शनमा उत्रिएका सात जना विद्यार्थी नेताहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका अध्यक्ष धामीसहितका विद्यार्थी नेताहरूलाई अहिले सिंहदरबार वृत्तमा राखिएको छ।
प्रतिक्रिया दिनुहोस