शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

कसरी लगाउने मास्क ?

कसरी लगाउने मास्क ?

काठमााडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारबाट सुरु गरेको नेपाल मास्क अभियान जारी छ। ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ मन्त्रालयले साउन २३ गतेदेखि २९ गतेसम्म अभियान सञ्चालन गर्न थालेको हो ।

कसरी लगाउने मास्क ?

– साबुनपानी वा स्यानिटाइजरले राम्ररी हात सफा गरेर मात्र मास्क छुनुहोस् । 

– मास्क च्यातिएको वा फोहोर भएको छ कि भनेर हेर्नुहोस् । 

– पहिले प्रयोग गरिएको वा बिग्रिएको मास्क प्रयोग नगर्नुहोस् । 

– मास्कको कडा किनारा माथितिर र सेतो भाग भित्र पर्ने गरी दुई हातले मास्कको दुई छेउको डोरी तन्काएर कानमा लगाउनुेहास् । 

– नाक, मुख र चिउँडो पूरै छोपिने गरी मास्कलाई मिलाउनुहोस् । 

– मास्कको माथितिरको कडा किनारा नाकमा टम्म मिल्नेगरी दुवैतर्फबाट विस्तारै थिच्नुहोस् । 

– लगाइएको मास्कमा संक्रमण हुन नदिन हातले नछुनुहोस् । झुक्केर छोइएमा हात तुरुन्त सफा गर्नुहोस् ।

– वातचित गर्दा वा अन्य दैनिक काम गर्दा मास्क नखोल्नुहोस् । मास्क मिलाउनैपर्ने भएमा हात धोएर मात्र मिलाउनुहोस् । 
                                                                               – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend