२०८३, श्रावण ४ गते

सोमवार, श्रावण ४ गते २०८३

डोल्पाको भेरी करिडोरबाट स्रोत नखुलेको ५५ लाख १० हजार नगदसहित दुई जना पक्राउ

बिहिवार , आषाढ ३२, २०८३

डोल्पा । डोल्पा प्रहरीले स्रोत नखुलेको ५५ लाख १० हजार रुपैयाँ अवैध नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटस्थित भेरी करिडोर सडकखण्डमा गरिएको नियमित सुरक्षा जाँचका क्रममा उक्त ठूलो परिमाणको रकम बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोल्पाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रहरी निरीक्षकको कमाण्डमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षा टोलीले शंकास्पद रूपमा गुडिरहेको भे १३ प २५६५ नम्बरको मोटरसाइकललाई रोकेर खानतलासी गरेको थियो । जाँचका क्रममा मोटरसाइकल चालक त्रिपुरासुन्दरी नगरपालिका–७ का ३२ वर्षीय विपुललाल रोकाया र पछाडि सवार ४२ वर्षीय भोजेन्द्र रोकायाको साथबाट उक्त रकम फेला परेको हो ।

बरामद गरिएको रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि प्रहरीले नगदसहित दुवै जनालाई घटनास्थलबाटै प्रक्राउ गरेको हो । नियन्त्रणमा लिइएका व्यक्तिहरू र बरामद नगदमाथि कानुनी बमोजिम थप अनुसन्धान तथा आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

भेरी करिडोरमा पछिल्लो समय अवैध कारोबार र गैरकानुनी ओसारपसार नियन्त्रण गर्न सुरक्षा निकायले चेकजाँचमा थप कडाइ गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट