शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

कोरोना महामारीमा किन घट्यो ‘सेक्स’मा रुची ?

कोरोना महामारीमा किन घट्यो ‘सेक्स’मा रुची ?

अमेरिकाको टेक्ससकी सेक्स थेरापिस्ट एमिली जेमिया भन्छिन्, ‘कोरोना महामारीभन्दा पहिला धेरै जोडीहरु नजिकबाट यात्रा गरिरहेका दुई समुद्री जहाज जस्तै थिए ।’ घरबाहिर आफ्नो–आफ्नो काममा व्यस्त रहने कयौँ जोडीका लागि ‘लकडाउन’ राहत बन्यो । लकडाउनका कारण एक अर्काको साथमा बस्न र समय बिताउनका लागि मौका पनि मिल्यो ।

जेमिया भन्छिन् ‘कोरोना महामारीका कारण सुरुवाती दिनहरुमा जसरी पहिला छुट्टीको समयमा एक अर्कासँग उनीहरु भेटिन्थे त्यसरी नै साथमा रहने मौका मिल्यो । तर महामारी बढ्दै गएपछि यसको नकारात्मक असर पनि देखा पर्न थाल्यो । विशेषगरी शारिरिक सम्बन्धका विषयमा ।’ उनका अनुसार लकडाउनपछि धेरै जसो जोडीमा यौन सम्पर्क राख्ने इच्छा अत्याधिक मात्रामा कमी आएको छ । 

के विश्वभर यो समस्या देखियो ?

विश्वका विभिन्न स्थानमा गरिएका अध्ययनले यस किसिमका समस्या देखाएको छ । शोधकर्ताहरुका अनुसार सन् २०२० मा टर्की, इटाली, भारतमा गरिएको अध्ययन अनुसन्धानमा लकडाउनपछिका समयमा सेक्समा कमी आएको देखिएको छ ।

sex 2.jpg

अमेरिकाको किन्से इन्स्टिट्यूट जहाँ यो अध्ययन भएको थियो, त्यहाँको अनुसन्धानकर्ता जस्टिन लेहमिलर भन्छन् ‘मलाई लाग्छ त्यहाँ एउटा ठूलो कारण थियो जसले मानिसहरु दुःखी थिए ।’

कयौँ मानिसमा कारोना महामारी र लकडाउनका कारण अनिश्चितता पैदा भएको थियो । केहीमा स्वास्थ्यसँग सम्बन्धित असरहरु देखा पर्न थालेका थिए । उनीहरु निकटतम् भविष्यमा पैसालाई लिएर पनि अनिश्चित थिए । उनीहरुको जिन्दगीमा निकै बदलाव आइरहेको थियो । यि विविध कारण निकटतम भविष्यको समस्यासहित आफ्नो पार्टनरसँग अत्याधिक समय बन्द कोठाभित्र बिताउँदा सम्बन्धमा नकारात्मक असर पर्यो र सेक्समा कमी आउन थाल्यो ।

कोभिड महामारी सेक्सका लागि बहुत खराब सावित भएको छ । के हामी हाम्रो पुरानो सम्बन्ध मा फिर्ता जान को लागि सक्षम हुनेछौँ वा यो प्रभाव एक दीर्घकालीन समस्या हुनेछ ?

जेमियाले सुरुमा नै भनेकी थिइन् केही जोडीहरु लकडाउनको सुरुवाती चरणमा ‘सेक्स लाइफ’को मज्जा लिइरहेका थिए । 

टेक्सस विश्वविद्यालयमा असिसटेन्ट प्रोफेसर तथा सोसल साइकोलोजिस्ट रोएण्डा बल्जारिनी पनि केही जोडीहरुका लागि पहिलो चरणको लकडाउन ‘हनिमुन पिरियड’ भएको बताउँछन् । यतिबेला मानिसहरु तनाव पनि सजिलो रुपमा झेलिरहेका थिए । उनी भन्छन्, ‘यो समयमा मानिसहरुले मिलेर काम गरे । समयको साथ आवश्यक चिजहरुको कमी हुन थाल्यो । उनीहरुमा मानसिक तनाव बढ्न थाल्यो । निराशा बढ्न थाल्यो जब यी सब हुन थाल्यो तब सम्बन्धमा दरार पैदा हुन थाल्यो । उनीहरुको सम्बन्धमा बदलाव आउन थाल्यो ।’

sex 3.jpg

बल्जिरिनी र उनका एक साथीले तयार पारेको सोधमा १८ वर्षभन्दा माथिका ५७ देशका मानिसहरु सहभागी रहेका थिए । यही अध्ययनमा यी तथ्यहरु बाहिर आएका हुन् ।

बल्जारिनी भन्छन् ‘कोरोना महामारीका कारण लकडाउन हुँदा बन्द कोठामा थुनिएका जोडीहरुबीच सेक्सको चाहाना बढी भयो । तर बिस्तारै मानिसहरु कोरोना महामारीसँग जोडिएका विविध पाटाका कारण तनाव लिन थाले । कोही कोरोना संक्रमित पनि बने । यसका कारण यौन इच्छामा कमी आउन थाल्यो ।’

अधिकांश समय साथमा रहँदा एक अर्काबीचको अपेक्षाहरु बढ्न थाल्यो । उनीहरुले एक अर्काको साना–साना गल्तीहरु केलाउन थाले । लेहमिलर यसलाई नै धेरै समय साथ रहनुको असर भएको मान्छन् । लेहमिलर भन्छन्, ‘लामो समयसम्म आफ्नो पार्टनरसँग साथमा नहुँदा उसका धेरै कुराहरु जान्ने इच्छा हुन्छ । तर जब तपाईँ दिनहुँ एक अर्कालाई हेर्दै हुनुहुन्छ, त्यो जान्ने इच्छा हराउन थाल्छ ।’

कोरोना महामारी र लकडाउनका बीचमा विशेषगरी महिलाहरु बढी समस्यामा परेका थिए । उनीहरु घरमा बसेर अफिसको काम पनि गरिरहेका थिए भने घरको काममा र बच्चाहरुको हेरविचारकासाथ बच्चाहरुको अनलाइन कक्षामा पनि उनीहरुले नै ध्यान दिन परेको थियो ।

फेरि पनि पहिलाको स्थितिमा फर्किन सकिएला ?

अनेकौँ समस्याका बीचमा पनि ‘सेक्स लाइफ’ सकिने भने छैन । किन्से इन्स्टिट्यूटको सोधकर्ताका अनुसार यही दौरानमा पनि केही खुशीका कुरा भएका छन् । कयौँ जोडीहरुले आफ्नो विस्तराबाट नै नयाँ चीजको सुरुवात गर्ने कोसिस गरेका छन् । ती नयाँ चीजमा नयाँ सेक्सको पोजिसन, फैन्टेसीजस्ता कुराहरु सामेल छन् ।

sex 5.jpg

तर जो मानिसहरुबीच यौन सम्बन्ध खराब भइसकेको छ अहिलेसमम ठीक भएको छैन के त्यो भविष्यमा ठीक होला ? लेहमिलर भन्छन्, ‘केही मानिसहरु ठीक हुनेछन् । तर केही अहिले नै विक्षिप्त भइसकेका छैनन् । उनीहरु पुनः यौनसम्पर्कका लागि राजी हुने छैनन् । किनकी उनीहरुको सम्बन्ध लामो समयका लागि टु्टिसकेको छ ।

उनको अध्ययनले यो पनि निष्कर्ष निकालेको छ, अधिकांश जोडीहरुको यस समयावधिमा आफ्नो पार्टनरसँग ‘ब्रेकअप’ भएको छ । भविष्यका लागि यो सम्बन्ध नराम्रो सावित हुन पनि सक्छ । धेरै मानिसहरुले महामारी र लकडाउनका कारण रोजगार गुमाइरहेका छन् । जसको असर सम्बन्धमा पनि पर्न सक्छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend