logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • चेल्सीले चुम्यो यूईएफए सुपर कप

    चेल्सीले चुम्यो यूईएफए सुपर कप

    1.4K
    Shares

    एजेन्सी । भिल्लारियललाई टाइब्रेकरमा स्तब्ध बनाउँदै यूईएफए सुपर कपको उपाधि इङ्लिस क्लब चेल्सीले जितेको छ । 

    नर्दन आयरल्यान्डस्थित विन्डोरस पार्कमा बुधबार राति भएको प्रतिस्पर्धात्मक खेलमा चेल्सीले स्पेनिस क्लब भिल्लारियललाई टाइब्रेकरमा ६–५ गोलले हरायो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि टाइब्रेकरमा चेल्सीले बाजी मारेको हो ।

    चेल्सीले २७औँ मिनेटमा खाता खोलेको थियो । हाकिम जियाचले काई हाभार्डजको पासमा गोल गर्दै चेल्सीको उत्साह बढाएका थिए । चेल्सीको अग्रतालाई भिल्लारियलले ७३औं मिनेटमा तोडेको थियो । भिल्लारियलका जेरार्ड मोरेनोले बरबरी गोल गरे ।

    उनले बोउलाए डियाको पासमा गोल गरेका थिए । अतिरिक्त समयमा दुवै टोलीको गोल गर्ने प्रयास सफल बन्न सकेन । पेनाल्टीमा चेल्सीका काई हाभार्डजको पहिलो प्रहारलाई भिल्लारियलका गोलरक्षकले विफल पारेका थिए ।

    त्यसपछि चेल्सीले लगातार गोल गरेको थियो । चेल्सीका लागि सेसर एजप्लीक्वेटा, मार्कोस एलोन्सो, मासन माउन्ट, जर्जिन्हो, क्रिस्टियन पुलिसिक र एन्टिनियो रुइडिगरले गोल गरे ।

    भिल्लारियलका जेरार्ड मोरेनो, पर्भिस इस्टुपिनान, मोइ गोमेज, डेनियल राबा र जुआन फोयथले गोल गरे । आइसा मान्डी र राउल अल्बियोलले पेनाल्टी मिस गरेका थिए ।

    हरेक वर्ष नयाँ सिजन सुरु हुनुअघि यूईएफए सुपर कप खेलिने प्रावधान रहेको छ । सुपर कपमा च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताबीच प्रतिस्पर्धा हुन्छ । चेल्सी च्याम्पियन्स लिग विजेता हो भने भिल्लारियल युरोपा लिग विजेता हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend