काठमाडौं । विश्व फुटबलको महासंघ (फिफा) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपालले तीन स्थान फड्को मारेको छ । फिफाले विहीबार सार्वजनिक गरेको वरीयतमा नेपाल १६८औं स्थानमा उक्लिएको हो ।
अघिल्लो महिना नेपाल एक सय ७१ औँ स्थानमा थियो । नेपालले ९७२ अंकसहित वरीयतामा सुधार गरेको हो । दक्षिण एसियामा भने नेपाल तेस्रो स्थानमा छ । दक्षिण एसियामा नेपालले मात्र वरीयता सुधार गरेको हो । दक्षिण एसियमा भारत शीर्षस्थानमा छ । भारत समग्रमा १०५औँ स्थानमा छ । भार चार स्थान खस्किएको हो । दोस्रो स्थानामा रहेको माल्दिभ्स समग्रमा १५८औँ स्थानमा छ ।
यसैगरी भुटान १८७ औँ, बंगलादेश १८८ औँ स्थानमा छ । पाकिस्तान १९८औँ र श्रीलंका २०५ औँ स्थानमा छ । विश्व वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत छ । ब्राजिल दोस्रो, फ्रान्स तेस्रो, इङ्ल्यान्ड चौथो र युरोकप विजेता इटाली पाँचौं स्थानमा छ ।