logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • नेपालले पीएनजीसँग एकदिवसीय सिरिज खेल्ने

    नेपालले पीएनजीसँग एकदिवसीय सिरिज खेल्ने

    2.6K
    Shares

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले पपुवा न्युगिनी (पीएनजी) सँग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले भदौ २० र २३ गते पीएनजीसँग सिरिज खेल्ने तय भएको हो ।

    सिरिज ओमानमा हुनेछ । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि तयारीका लागि पीएनजीसँग खेल्न लागेको हो ।

    लिग–२ अन्तर्गत नेपालले भदौ २८ देखि असोज ४ गतेसम्म ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । सिरिजका लागि नेपाली टोलीको प्रशिक्षण समेत सुरु भएको छ । सिरजका लागि क्यानले १९ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको छ । 

    सुरु गरिसकेको छ । क्यानले सिरिजका लागि १९ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ । लिग–२ अन्तर्गत नेपालले यसअघि घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । चार खेलबाट चार नै अंक बनाएको नेपाल छैटौं स्थानमा छ । १० खेल खेलेको ओमान १६ अंक सहित शीर्ष स्थानमा छ । १२ खेलबाट १२ नै अंक बनाएको अमेरिका दोस्रो स्थानमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend