शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

शुक्रबारदेखि ‘प्लस टु’ र विश्वविद्यालयका विद्यार्थीलाई भेरोसेलको पहिलो डोज, यी हुन् खोप केन्द्र 

शुक्रबारदेखि ‘प्लस टु’ र विश्वविद्यालयका विद्यार्थीलाई भेरोसेलको पहिलो डोज, यी हुन् खोप केन्द्र 

काठमाडौं । काठमाडौंमा शुक्रबारदेखि १८ वर्षमाथिका  ‘प्लस टु’ अध्ययनरत र विश्वविद्यालय तहका प्रवेश पत्र लिएका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ ।

स्वास्थ्य सेवा विभागको बिहीबार बसेको बैठकले शुक्रबारदेखि तीन दिन सम्म ४० वर्ष भन्दा माथिका नागरिकलाई पनि भेरोसेल खोपको पहिलो डोज दिइने निर्णय गरेको हो । 

काठमाडौं महानगरपालिका भित्र रहेका ३२ वडा वडाहरू र आवश्यकताअनुसार पालिकाले तोकेका खोप केन्द्रबाट खोप लगाउन सकिने विभागले जनाएको छ ।

यस्तै सशस्त्र प्रहरी अस्पताल बलम्बु, वीरेन्द्र सैनिक अस्पताल छाउनी, राधास्वामी आइसोलेसन सेन्टर सामाखुसी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीर अस्पताल रत्नपार्क, निजामति कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसुती गृह थापाथली, शिक्षण अस्पताल महाराजगञ्जबाट पनि कोरोनाविरूद्ध खोप लगाउन पाउनेछन् । 

verocel.jpg

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend