logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • साफ च्याम्पियनसिपको खेल तालिका परिवर्तन 

    साफ च्याम्पियनसिपको खेल तालिका परिवर्तन 

    1.9K
    Shares

    काठमाडौं । माल्दिभ्समा आयोजना हुने १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको खेल तालिका परिवर्तन भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार यस अघि निकालेको तालिकामा केही परिवर्तन गरेको हो । 

    नयाँ तालिका अनुसार साफ अक्टोबर १ देखि १६ तारिखसम्म हुनेछ । यसअघि साफ अक्टोबर १ देति १३ तारिखका लागि तय भएको थियो । नयाँ तालिका अनुसार नेपालले अक्टोर १ तारिख घरेलु टोली माल्दिभ्ससँग पहिलो खेल खेल्नेछ । नेपालले लिग चरणको दोस्रो खेल श्रीलंकासँग अक्टोब ४, भारतसँग अक्टोबर १० र अन्तिम खेल १३ तारिख बंगलादेशसँग खेल्नेछ । पाँच टोली सहभागी प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल खेलm अक्टोबर १६ मा हुनेछ । 

    साफमा लागि नेपाली राष्ट्रिय फुटबल टोलीले तयारी गरिरहेको छ । अहिले नेपाली टोली पोखरामा प्रशिक्षणमा ब्यस्त छ । यसअघि दशरथ रंगशालामा हुने भनिएको साफ नेपालमा कोरोनाको संक्रमण बढेका कारण माल्दिभ्समा गरिन लागिएको हो । साफअघि नेपाल र भारतबीच भदौ १७ र २० गते दशरथ रंगशालामा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने तय भईएको छ । 

    गतवर्ष नै बंगलादेशमा आयोजना तय भएको साफ च्याम्पियनसिप कोरोनाका कारण एक वर्षपछि सारिएको थियो । साफमा यस पटक दुई देशले भाग नलिने भएका छन् । विश्व फुटबल महासंघ (फिफा) को प्रतिबन्धमा रहेको पाकिस्तानले भाग लिने छैन । कोरोना संक्रमणले देशबाहिर जान प्रतिबन्ध लगाइएका कारण भुटानले पनि भाग नलिने निर्णय गरेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend