एजेन्सी । चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई उसैको मैदानमा २–० गोलले हरायो ।
चेल्सीको जितमा बेल्जियन स्टार रोमेलु लुकाकु र रिस जेम्सले गोल गरे । भर्खर इटालियन क्लब इन्टर मिलानबाट चेल्सी पुगेका लुकाकुले १५औं मिनेटमा खाता खोलेका थिए । उनले रिस जेम्सको पासमा गोल गरेका थिए ।
३५औं मिनेटमा रिस जेम्सले गोल गर्दै पहिलो हाफमै चेल्सीको अग्रता दोब्बर बाउ । पउनले मासन माउन्टको पासमा गोल गरेका थिए । दोस्रो हाफमा दुवै टोलीले गोलका लागि अवर बनाएपनि सदुपयोग गर्न नसक्दा चेल्सी सजिलै विजयी भयो । नयाँ सिजनकम चेल्सीको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३–० गोलले हराएको थियो । दोस्रो जितसँगै ६ अंक बनाएको चेल्सी शीर्षस्थानमा छ । लगातार दुई हार खेप्दै अंकबिहिन बनेको आर्सनल अन्तिममा छ ।
अर्को खेलमा टोट्नहामले वल्भ्सलाई १–० गोलले हरायो । टोट्नहामको जितमा डेल अलीले नवौं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे । लगातार दोस्रो जित निकालेको टोट्नहाम ६ अंक सहित चौथो स्थानमा छ । दुई वटै हार खेपेको वल्भ्स १६औं स्थानमा छ । अर्को खेलमा म्यानचेस्टर युनाइटेड र साउथह्याम्पटनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।