logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • रोनाल्डोको गोलले मान्यता नपाउँदा बराबरीमा रोकियो युभेन्ट्स 

    रोनाल्डोको गोलले मान्यता नपाउँदा बराबरीमा रोकियो युभेन्ट्स 

    2.3K
    Shares

    एजेन्सी । खेलको अन्तिममा पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोको गोलले मान्यता नपाएपछि युभेन्ट्स इटालियन  सिरी ‘ए’ फुटबलमा बराबरीमा रोकिएको छ । आइतबार राति भएको सिजनको आफ्नो पहिलो खेलमा युभेन्ट्स घरेलु टोली उडिनेससँग २–२ गोलको बराबरीमा रोकिएको हो । 

    युभेन्ट्सले सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य बनेको थियो । युभेन्ट्सका लागि पाउलो डिबालाले तेस्रो र जुआन कोर्डाडाले २३ओं मिनेटमा गोल गरे । उडिनेसका रोबर्टाे पेरेराले ५१औं र जेरार्ड डिलोफिउले ८३औं मिनेटमा गोल गरेका थिए । दोस्रो हाफको इन्जुरी समयमा रोनाल्डोको गोललाई रेफ्रीले भिएआरको सहायतामा मान्यता नदिएपछि युभेन्ट्सले बराबरीमा चित्त बुझायो । 

    युभेन्ट्सले रोनाल्डोलाई अन्तिम ३० मिनेट मैदानमा उतारेको थियो । उनी ६०औं मिनेटमा अल्भारो मोराटाको स्थानमा मैदान प्रवेश गरेका थिए । सिजनको पहिलो खेलमा बराबरीसँगै युभेन्ट्सले एक अंक बनाएको छ । उडिनेसले पनि एक अंक जोडेको छ । अन्य खेलमा रोमाले फियोरेन्टिनालाई ३–१, नापोलीले भेनेजियालाई २–० र बोलोग्नाले सालेरनिटानालाई ३–२ गोलले स्तब्ध बनाएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend