logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

    क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

    2.4K
    Shares

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगाउने नयाँ जर्सी सार्वजनिक भएको छ । जर्सीको प्रायोजक खोज्ने जिम्मा पाएको एड प्याडले खुला आवेदनबाट क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक गरेको हो । 

    क्यानले आदर्श पोखरेलले डिजाइन गरेको जर्सीलाई नेपाली टोलीको नयाँ जर्सीका लागि फाइनल गरिएको हो । नयाँ जर्सीलाई माइ सेकेण्ड टिचर्सका सहप्रमुख शुलभ बुढाथोकी र नेपाल क्रिकेट संघ क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले सामेबार सार्वजनिक गरे । 

    जर्सीको डिजाइन विजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । जर्सीमा नेपालको राष्ट्रिय झण्डा सहित सस्कृति झल्किने डिजाइन गरिएको छ । जर्सी भारतीय टोलीको जर्सी निर्माण कम्पनीले नै बनाएको बताईएको छ ।

    डिजानका लागि पाँच सय बढीको आवेदन परेको थियो । नेपाली टोलीले अब यही जर्सी लगाएर अन्तर्राष्ट्रिय प्रतियोगितामा यही जर्सी लगाउनेछ ।

    jersey 3.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend