logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • क्रिकेट टोली ओमान प्रस्थान 

    क्रिकेट टोली ओमान प्रस्थान 

    1.8K
    Shares

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार बिहान ओमान प्रस्थान गरेको छ । नेपालले त्रिकोणत्मक सिरिज अघि आमानमै पपुवा न्युगिनी (पीएनजी) सँग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज समेत खेल्नेछ । 

    ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय टोलीमा पदाधिकारीसहित २२ जना छन् । नेपाली टोलीले कीर्तिपुर मैदानमा केही समय तयारी गरेर ओमान प्रस्थान गरेको हो । नेपाल, ओमान र अमेरिका सम्मिलित विश्वकप लिग–२ सिरिज भदौ २८ देखि असोज ४ गते सम्म ओमानको मस्कटमा हुनेछ । हरेक टोलीले अर्को टिमसँग दुई दुई खेल खेल्नेछन् । त्यसअघि नेपालले ओमनमै पीएनजीसँग भदौ २० र २३ गते दुई वटा एकदिवसीय खेल खेल्नेछ । 

    विश्वकप लिग–२ को सिरिजअघि नेपालले पीएनजी विरुद्ध अभ्यास खेल खेल्न लागेको हो । नेपालका प्रशिक्षक डेभ वाटमोर र कप्तान ज्ञानेन्द्र मल्ले त्रिकोणात्क सिरिज अघि पीएनजीसँग खेललाई टोलीको गल्ती सुधार गर्ने मौकाको रुपमा लिएका नेपालछन् । उक्त खेलले नेपाली खेलाडीको टिम सेट गर्न र गल्ती केलाउने मौका मिल्ने प्रशिक्षक वाटमोरले बताए । लिग–२ अन्तर्गत नेपालले सन् २०२० मा फेब्रुअरीमा पहिलो सिरिज खेलेको थियो । 

    डेढपछि नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा ५० ओभरको खेल खेल्न लागेको हो । लिग–२ मा नेपालले यसअघि घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । चार खेलबाट चार नै अंक बनाएको नेपाल छैटौं स्थानमा छ । १० खेल खेलेको ओमान १६ अंक सहित शीर्ष स्थानमा छ । १२ खेलबाट १२ नै अंक बनाएको अमेरिका दोस्रो स्थानमा छ ।

    यस्तो छ नेपाली टिम :
    कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र रोहित कुमार पौडेल ।

    प्रशिक्षक : डेभ वाटमोर
    व्यस्थापक : मोहम्मद दाउद अन्सारी
    फिजियो : विक्रम न्यौपाने
    टेक्निकल एनालिस्ट : रमन शिवाकोटी
    ट्रेनर : राकेश काशिभाई गोहित

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend