काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि २५ जना खेलाडी छनोट गरेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मंगलबार बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट २५ जनाको नाम सार्वजनिक गरेका हुन् ।
टोलीबाट अभिषेक रिजाल, अर्पण कार्की र शिशिर लेखी बाहिरिएका छन् । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले भारतविरुद्धको मैत्रीपूर्ण खेल अघि खेलाडीको घोषणा गरेको हो । साफअघि नेपलले भदौ १७ र २० गते दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ । साफ च्याम्पियनसिप असोज १५ गतेदेखि माल्दिभ्समा हुनेछ ।
नेपाली पुरुष फुटबल टोली :
कप्तान किरणकुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, विकेश कुथु, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, राजन गुरुङ, रोहित चन्द, सुमन अर्याल, आयुष घलान, अन्जन विष्ट, विशाल राई, कमल थापा, मनिष डाँगी, नितिन थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुजन श्रेष्ठ, सुनिल बल, सुरज ठकुरी, तेज तामाङ, आशिष लामा, नवयुग श्रेष्ठ र सुमन लामा ।