शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

अवसरवादी चरित्रका १० नाइके !

अवसरवादी चरित्रका १० नाइके !

नेकपा (एमाले)लाई सिंगो एमालेको रुप दिन लामो समय भूमिका खेलेका पूर्वप्रधानमन्त्री एवं एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बुधबारदेखि औपचारिक रुपमा मूल घर छाडेका छन्। एमालेसँगको ३१ वर्ष लामो यात्रामा नेपालको ‘डिभोर्स’ भएको हो। 

निर्वाचन आयोजले बुधबार नेपालको अध्यक्षतामा गठित नेकपा (एकीकृत समाजवादी)  पार्टीलाई औपचिारिक दर्ता गरेपछि नेपाल र एमालेबीच ‘डिभोर्स’ भएको हो। वास्तवमा नेपाल व्यक्तिगत स्वार्थले यस स्थानमा पुगेका होइनन्। उनलाई यहाँसम्म डोर्‍याउने अवसरवादी खलपात्रको भूमिका ठूलो छ। भनिन्छ, विचारले राजनीतिको गोरेटो कोर्छ।

विचार मिल्लनेको जमात र उनीहरुको दृष्टिकोणले नै राजनीतिक दलको कार्यदिशा तथा भावी योजना निर्धारण गर्छ। तर, नेपाली राजनीतिमा विचार र दृष्टिकोणभन्दा अवसरवाद हाबी छ। यस्तो अवसरवाद कम्युनिस्ट पार्टीमा अझ बढी मौलाएको छ। अवसरवादको चरम दुरुपयोग एमाले पार्टीमा तीब्र छ।

नेपाललाई नयाँ पार्टी खोल्ने ठाउँमा पुर्‍याउने मुख्य पात्र त एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी ओली नै हुन्। माओवादी केन्द्रसँग चुनावी तालमेल र पार्टी एकता गरेर झण्डै दुई तिहाई सरकारको नेतृत्व गरेका ओलीले दुई पार्टीको एकता भंग मात्र गरेनन्।

दुई दुई पटक संसद भंग गर्दै अन्तिममा एमालेलाई समेत विभाजनमा लगे। प्रधानमन्त्रीको कुर्सीमा पुगेपछि ओलीमा एकाएक तानशाह प्रवृति मौलायो। ओलीले ‘आफै राज्य आफै कानुन’ भएको ठाने। यसको चर्को विरोध माधव नेपालले गरे। पार्टी भित्र र बाहिर ओली प्रवृतिको चर्को विरोध गर्न माधव नेपाललाई उक्साउने १० जना पदाधिकारी भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अमृत बोहोरा, घनश्याम भुसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त मुख्य थिए। यिनै पदाधिकारीको विश्वासमा नेपाल ओली प्रवृतिविरुद्ध खरो उत्रिएका हुन्। 

पहिलो पटक ओलीले संसद विघटन गरेपछि रत्नपार्कमा ओलीविरुद्ध सभालाई सम्बोधन गर्न घनश्याम भुसाललाई (माओवादी केन्द्र र नेपाल समूहको एमाले सहितले) दुई दिनदेखि तयारी नै गराएको थियो। त्यतिबेला भुसालले ओलीविरुद्ध विषनै बमन गरेका थिए। यो त प्रतिनिधि उदाहरण मात्र हो।

Madhav-nepal3.jpg

तत्कालीन नेकपा विवाददेखि नै नेकपा एमाले दुई धारमा विभाजित थियो। सर्वोच्च अदालतले माओवादी र एमालेलाई फरक–फरक दलको मान्यता दिएपछि आन्तरिक अन्तरसंघर्षबाट सुरु भएको विवाद समयक्रमसँगै झनै चुलियो। नेताहरूको दूरी बढ्दै गयो। नेपालसहित माथि उल्लेखित नेता तत्कालीन प्रधानमन्त्री ओलीविरुद्ध निरन्तर लागेका थिए।

संसद विघटन गरेपछि एमालेका नेताहरु एक अर्काविरुद्ध अपशब्द सहितको आरोप प्रत्यारोपमा उत्रिए। विघटनविरुद्ध आमहड्तालदेखि सार्वजनिक मञ्च र सञ्चार माध्यममा नराम्रा अभिव्यक्ति दिने क्रम चलिरह्यो। ओलीले दोस्रो पटक संसद विघटन गरेपछि माधव र ओली पक्षबीच पानी बाराबार कै अवस्था आयो। जुन अहिले पनि जारी छ।

माधव नेपाललाई अन्तिमसम्म उचालेर नयाँ पार्टी गठनसम्म पुर्‍याउन भूमिका खेलेका नेताहरुले नेपाललाई धोका दिएका छन्। यी १० जनालाई नेपालले सधैँ साथ दिए। राजनीतिको उपल्लो स्थानमा पु¥याए। अन्तिमसम्म विश्वास गरे। तर नेपाललाई उचालेका यी नेता अन्तिममा आएर तेस्रो धारको रुपमा देखिए। यसअघि ओलीलाई अलोकतान्त्रिक, असंवैधानिक र निरंकुशतावादी भनी चर्को भाषण गर्दै आएका उनीहरुले मंगलबार डाकिएको एमाले स्थायी कमिटीको बैठकपछि ओलीलाई लोकतान्त्रिक देखेका छन्।

यसअघि ओलीको चर्को विरोध गर्दै मन्त्रिपद समेत छाडेका योगेश भट्टराईले मंगलबार (हिजो) मात्र माधव नेपाललाई कुरा नबुझ्ने र हतास मनस्थिति भन्दै टिप्पणी गरे। तर संसद विघटनविरुद्ध ओलीको चर्को विरोधमा उत्रिएका उनीहरुले अन्तिममा ओली सामू आत्मसर्मपण गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका एमालेकै वरिष्ठ नेता झलनाथ खनाले १० नेतालाई ‘मध्यपन्थी अवसरवाद’ भएको बताएका छन्। खनालले भनेका छन्,‘अन्ततः मध्यपन्थी अवसरवादी चरित्रले दक्षिणपन्थलाई सघाउँछ। तर, यसको आयु राम्रो हुँदैन।’

 

CPNMeetinga.jpg
 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend