logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • एन्फा विवाद : छानविन समितिले प्रतिवेदन बुझायो 

    एन्फा विवाद : छानविन समितिले प्रतिवेदन बुझायो 

    2K
    Shares

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विवादबारे गठित छानबिन समितीले बुधबार  राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई १० बुँदे सुझावसहितको प्रतिवेदन बुझाएको छ ।

    राखेपका सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकप्वमा गठित समितिले राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा सामाजिक सञ्जालको अधिक प्रयोग, नियम र अनुशासनको कम पालना गरेको लगायत विषयलाई समस्याको मुल कारणको रुपमा उल्लेख गरिएको छ । 

    प्रतिवेदनको सुझावमा एन्फाले १५ दिनभित्र नियम तथा आचरसंहिता निर्माण गरि परिषदबाट स्विकृती लिई लागु गर्न सुझाव दिइएको छ । यसैगरी प्रतिवेदनमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले व्यवसायिक आचरण र व्यक्तिगत ब्यवहारमा सुधार गरिनु पर्ने, अल्मुताइरीले फेसबुकमा लेखेको राजीनामा सम्बन्धी पोस्ट तत्काल हटाउनु पर्ने, एन्फासँग अनुमिति लिएर मात्र समाजिक सञ्जाल वा अन्य कतै अभिब्यक्ति दिनु पर्ने लगायत विषय समेटिएको छ । 

    सात सदस्यीय समितिले तीन साता लगाएर प्रतिवेदन तयार पारेको हो । एन्फा आफैले विवाद समाधान गर्न नसकेपछि छानविनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गरेको थियो । मन्त्रालयले राखेपलाई छानविनका लागि पत्राचार गरेको थियो । 
    सोही अनुसार राखेपले गत साउन १९ गते छानविन समिति गठन गरेको थियो । प्रशिक्षक अल्मुताइरीले साउन १० गते एन्पाmका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङका कारण आफूलाई काम गर्न अप्ठेरो भएको भन्दै फेसबुकमार्फत राजीनामाको घोषणा गरेका थिए । त्यसपछि एन्फा विवाद उत्कर्षमा पुगेको थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend