शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

अफगानिस्तानबाट फर्काइयो ७७० जना नेपाली, ४२ जना काबुल विमानस्थल नजिक

अफगानिस्तानबाट फर्काइयो ७७० जना नेपाली, ४२ जना काबुल विमानस्थल नजिक

काठमाडाैं । अफगानिस्तानमा रहेका नेपालीमध्ये विभिन्न देशका कुटनीतिक नियोगहरूको सहयोगमा ७७० जनालाई स्वदेश फर्काइएकाे परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । अफगानिस्तानमा अवैध रूपमा गएका ३५० नेपाली रहेको अनुमान गरिएको छ । 

मन्त्रालयले अफगानिस्तानबाट थप ११ जना नेपालीलाई उद्धार गरी नयाँ दिल्ली ल्याइएको विज्ञप्तिमार्फत जनाएको छ । मन्त्रालयका अनुसार अफगानिस्तानका विभिन्न स्थानमा रहेका ४२ जना नेपालीलाई एकीकृत गरी उद्धारका लागि काबुल विमानस्थलनजिक राखिएको छ ।

उनीहरूलाई काबुल विमानस्थल सञ्चालनमा आएपछि उद्धार गरी नेपाल ल्याउने तयारी भइरहेको छ । मन्त्रालयका अनुसार अफगानिस्तानबाट उद्धार गरी दोहा, दुबई, लण्डन र नयाँ दिल्लीमा रहेका नेपालीहरूलाई काठमाडौंसम्म ल्याउन निरन्तर समन्वय र सहजीकरण भइरहेकाे पनि मन्त्रालयले जनाएकाे छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend