logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • क्रिकेट प्रशिक्षक वाटमोरको राजीनामा

    क्रिकेट प्रशिक्षक वाटमोरको राजीनामा

    2K
    Shares

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोरले प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । वाटमरले राजीनामा दिएको समाचार भारतीय सञ्चार माध्यामले उल्लेख गरेका छन् । 

    वाटमोरका ब्यवस्थापक कौस्तभ लाहिरीले वाटमोरले नेपालको प्रशिक्षक पदबाट राजीनामा दिएको भारतीय सञ्चारमाध्याम मार्फत सार्वजनिक गरेका हुन् । यद्यपी नेपाल क्रिकेट संघ (क्यान) ले भने वाटमोरको राजीनामा बारे कुनै जानकारी दिएको छैन । क्यानले वाटमोरको राजिनामाबारे कुनै औपचारिक जानकारी नपाएको समेत जनाएको छ । 

    क्यानका महासचिव अशोकनाथ प्याकुरेलले भारतीय सञ्चार माध्याममा राजीनामाको कुरा आएपनि क्यानलाई औपचारिक रुपमा कुनै पत्र प्राप्त नभएको बताए । नेपाली राष्ट्रिय टोली अहिले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध एकदिवसीय दुई खेलको मैत्रीपूर्ण सिरिज खेल्न ओमानमा छ । नेपालले पीएसजीसँग भदौ २० र २३ गते दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ । 

    पीएसजीसँगको खेलपछि नेपाली टोलीले आईसीसी विश्वकप क्रिकेट लिग–२ को खेल ओमानमै खेल्नेछ । लिग–२ सिरिज भदौ २८ देखि असोज ४ गते सम्म ओमानको मस्कटमा हुनेछ । हरेक टोलीले अर्को टिमसँग दुई दुई खेल खेल्नेछन् । 

    लिग–२ मा नेपालले यसअघि घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । चार खेलबाट चार नै अंक बनाएको नेपाल छैटौं स्थानमा छ । १० खेल खेलेको ओमान १६ अंक सहित शीर्ष स्थानमा छ । १२ खेलबाट १२ नै अंक बनाएको अमेरिका दोस्रो स्थानमा छ ।

    क्यानले आठ मिहनाअघि खुला प्रतिस्पर्धाबाट वाटमोरलाई राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । वाटमोरले एकबर्षका लागि सम्झौता गरेका थिए । तर उनले आठ महिनामै बाहिरिने निर्णय गर्नु आश्चर्यजनक ठानिएको छ । वाटमोरले लामो समय परिवारबाट टाढा बस्नु परेको समस्यालाई राजीनामाको कारण मानिएको छ । वाटमोरको राजीनामाले ओमान भ्रमणलाई भने कुनै असर नपर्ने पनि बताईएको छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend