logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • भारतीय फुटबल टोली काठमाडौंमा 

    भारतीय फुटबल टोली काठमाडौंमा 

    2.1K
    Shares

    काठमाडौं । नेपालसँग मैत्रीपूर्ण खेल खेल्न भारतीय फुटबल टोली सोमबार काठमाडौं आएको छ । नेपाल र भारतबीच दशरथ रंगशालामा भदौ १७ र २० गते दुई वटा मैत्रीपूर्ण खेल हुनेछ ।

    अखिल नेपाल फुटबल संघ (एन्फा) ले माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप फुटबलको तयारीका लागि भारतसँग मैत्रीपूर्ण खेल आयोजना गरेको हो । 

    नेपालसँगको खेलका लागि भारतले यसअघिनै सुनिल क्षेत्रीको कप्तानीमा २५ सदस्यीय खेलाडी टोलीको घोषणा गरिसकेको छ । भारतीय कप्तान क्षेत्रीले नेपालले मैत्रीपूर्ण खेल आयोजना गरेकोमा खुशी ब्यक्त गरेका छन् । त्रिभुवन विमान स्थानमा ओर्लनासाथ क्षेत्रीले भने, ‘नेपाली टिमसँग खेल्न पाउनु खुशीको कुरा हो । मैत्रीपूर्ण खेल आयोजना गरेकोमा नेपाल सरकार र एन्फालाइ धन्यवाद दिन चाहन्छु ।’

    भारतसँगको खेलका लागि नेपाली टोलीले अहिले पोखरामा तयारी गरिरहेको छ । १३औं संस्करणको साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुनेछ । भारतीय टोलीलाई एन्फाका उपाध्यक्ष शिक्षित पराजुली लगायतले स्वागत गरेका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend