logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • अफगानिस्तानबाट फर्किए ८२८ नेपाली : मंगलबार बाँकी सबैकाे उद्धार

    अफगानिस्तानबाट फर्किए ८२८ नेपाली : मंगलबार बाँकी सबैकाे उद्धार

    2.8K
    Shares

    काठमाडाैं । तालिबानले विदेशीका लागि अफगानिस्तान छाड्न दिएको समयसीमा मंगलबार सकिनेछ । तालिबानले अफगानिस्तान कब्जा गरेपछि अगष्ट ३१ तारिखसम्मका लागि विदेशी नागरिकलाई अफगानिस्तान छाड्न समय छुट्याइदिएकाे थियाे । 

    अमेरिकासहितका विदेशी नागरिकले सोमबार नै अफगानिस्तान छाडिसकेका छन् । अफगानिस्तानमा करिब २ सय नेपाली उद्धारको पर्खाइमा छन् । उनीहरुले मंगलबार अफगानिस्तान छाडिसक्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएकाे छ । अफगानिस्तान छाेडेका सबै नेपाली नागरिकहरु सबैजना मंगलबार नै नेपाल आउने छैनन् । 

    मन्त्रालयलका अनुसार नेपाल आउन सक्ने मंगलबार नेपाल आउने छन् भने कतिपय नेपालीहरु अन्य मुलुकमा गएर बस्ने छन् । त्यसपछि उनीहरुलाई नियमित उद्धार गरेर नेपाल ल्याउने तयारी 
    भइरहेकाे छ ।

    अफगानिस्तनाबाट सोमबारसम्म ८२८ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सोमबार मात्रै टर्किस एयरको नियमित उडानबाट ४५ र आइतबार साँझ फ्लाई दुबईको उडानबाट पाँच जना फर्किएका थिए ।

    मन्त्रालयले उद्धारका लागि प्रतीक्षारत एवम् अफगानिस्तानमा रहेका र नेपालमा रहेका परिवारजन वा आफैले पनि कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टल तथा उपलब्ध भएका मोबाइल नम्बरहरूमा सम्पर्क गर्न पनि आग्रह गरेकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend