काठमाडौं । प्रथम एसियाली खेलकुद खेलकुद १९५१( नयाँदिल्ली) नेपालका प्रथम अन्तराष्ट्रिय धावक स्व. गजराज जोशीको प्रतिमा अनावरण गरिएको छ । नेपाल ओलम्पिक कमिटिको प्रेक्षालयम निर्मित प्रतिमाको बुधबार नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवम् माननीय सासद जिवनराम श्रेष्ठले अनावरण गरे । नेपाल ओलम्पिक संग्रालयले प्रतिमा निर्माण गरेको हो ।
अनावरण कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले स्व. जोशीलाई आफुले एक खेलाडीको रुपमा मात्र स्मरण गरेकोमा आज आएर उनका बारेमा विविध जानकारी हासिल गर्न पाएको बताए । उनले आउदो पिढीको लागि स्व. जोशीको योगदानबाट प्रेरणा मिल्ने बताए ।
ओलम्पिक संग्राहलयमा खेल क्षेत्रलाई विकास गर्न योगदान गर्ने खेल कर्मी र विभिन्न खेलाडीहरुको प्रतिमा स्थापना गर्ने लक्ष रहेपनि स्व. गजराज जोशीको खेलकुद लगायत विभिन्न क्षेत्रमा गरिएको योगदानको कदर गर्दै उनको प्रतिमा स्थापना गरिएको नेपाल ओलम्पिक संग्राहलयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले बताए । उक्त अवसरमा गजराज जोशीका पुत्र, नेपाल फुटभली संघका अध्यक्ष एवम् भेट्रान एथलेटिक्स खेलाडी मनिष जोशीलाई मानार्थ सदस्यता समेत प्रदान गरिएको थियो ।