काठमाडौं । पोर्चुगलमा सपुरस्टार त्रिलस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमान तोडेका छन् ।
फिफा विश्वकप २०२२ गन्तर्गत बुधबार राति भएको खेलमा रिपब्लिक अफ आयरल्याण्डविरुद्ध दुई गोल गर्दै रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमान तोडेका हुन् । रोनाल्डोको सानदार प्रदर्शनमा पोर्चुगलले रिपब्लिक अफ आयरल्याण्डलाई २–१ गोलले हरायो ।
३६ बर्षीय रोनाल्डोले खेलको अन्तिममा हेमार्फत दुई गोल गर्दै इतिहास रच्न सफल भए । हारतर्फ उन्मुख पोर्चुगललाई रोनाल्डोले अन्तिममा नाटकीय रुपमा जिताएका थिए । रोनाल्डोले ८९औं र इन्जुरी समयमा गोल गरे ।
यसअघि आयरल्याण्डका लागि जोन इगनले ४५औं मिनेटमा सुरुवाती गोल गरेका थिए । रोनाल्डो १५औं मिनेटमा पेनाल्टीमा चुकेका थिए । रोनाल्डोको पेनाल्टीलाई आयरल्याण्डका गोलरक्षक गोभिन बाजुनुले रोकेका थिए । यस खेलको दुई गोलसँगै विश्व फुटबलमा नयाँ कीर्तिमान रबचेका रोनाल्डोले इरानका अली दाईको कीर्तिमान भंग गरेका हुन् ।
अलीले इरानका लागि सन् १९९३ देखि २००६ सम्म अन्तर्राष्ट्रिय फुटबलमा कूल एक सय ९ गोल गरेका थिए । रोनाल्डोले यसअघि सन् २०२० को युरो कपमै अलीको कीर्तिमान बरबरी गरेका थिए । रोनाल्डोले अहिले अलीलाई दुई गोलले पछि पार्दै आफ्नो नाममा कीर्तिमानी एक सय ११ गोल राख्न सफल भए ।
रोनाल्डोले यस खेलबाट युरोपियन फुटबलमा सर्जियो रामोसको सर्वाधिक एक सय ८० गोलको कीर्तिमानमा पनि बराबरी गरेका छन् । भर्खरमात्र प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाईटेडमा अनुबन्ध भएका रोनाल्डोको युरोपियन प्रतियोगितामा सर्वाधिक एक सय ८० गोल पुगेको छ । जुन रामोससँग बराबरी हो ।
कीर्तिमान भंग गर्न सकेकोमा रोनाल्डोले खुशी ब्यक्त गरेका छन् । उनले भनेका छन्, ‘म धेरै खुशी छु । यो हैन कि, मैले कीर्तिमान भंग गरे । यो विशेष अवस्थामा सम्भव भएको हो । अन्तिम समयमा दुई गोल पाउनु ठूलो कुरा हो । सहयोगका लागि टिमलाई धन्यवाद ।’
रोनाल्डोले जिताएसँगै पोर्चुगल युरोपेली छनोट समूह ‘ए’ को शीर्षस्थानमा छ । पोर्चुगलले चार खेलबाट १० अंक बनाएको छ । दोस्रो स्थानमा रहेको सर्बियाको तीन खेलबाट सात् अंक पुगेको छ । लक्जेम्बर्गको तीन खेलबाट ६ अंक छ । बुधबार राति लक्जेम्बर्गले अजरबैजानलाई २–१ गोलले हराएको थियो । पराजित आयरल्याण्ड र अजरबैजान अंक बिहिन छ ।