logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • इपीएलमा चितवन टाइगर्सको प्रायोजक प्रभु पे

    इपीएलमा चितवन टाइगर्सको प्रायोजक प्रभु पे

    2.9K
    Shares

    काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग क्रिकेट (इपीएल) को  फ्रेन्चाइज टोली चितवन टाइगर्सलाई प्रभु पेले मुख्य प्रायोजन गरेको छ । चितवनले बुधबार आफ्नो मुख्य प्रायोजक, प्रशिक्षक र विदेशी खेलाडीको नाम सार्वजनिक गरेको हो । 

    चितवनले दिल्लीका पूर्वक्रिकेटर पुरु सिंहलाई सहायक प्रशिक्षक र व्यवस्थापक बनाएको छ । टोलीको मुख्य प्रशिक्षकमा सामसन जंग थापा छन् । मेन्टरमा पुरनेन्दु घोष, डाक्टरमा प्रकाश पौडेल र फिजियो थेरापिस्टमा डा. सौगात श्रेष्ठ रहेका छन् । चितवनले बुधबारनै अफगानिस्तानका तीब्र गतिका बलर करिम जन्नतलाई पनि अनुबन्ध गरेको छ । 

    चितवन टाइगर्सको मुख्य संस्था आइडीएस ग्रुप र सिल्क ग्रुपले संयुक्त रुपमा आइडिएस सिल्क स्पोर्ट्स प्राइभेट लिमिटेडको सुरुवात पनि गरेको छ । आइडीएसका प्रमुख किशोर भट्टाई, सिल्क ग्रुपका प्रमुख रमेश शेर्पा र प्रभु व्यवस्थापनका कुसुम लामाले सिल्क स्पोर्ट्स प्राइभेट लिमिटेड सञ्चालनका लागि संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

    इपीएलमा चितवन टाइगर्सका खेलाडीमा कप्तान सोमपाल कामी, ललितसिंह भण्डारी, दीलिप नाथ, सन्दीप सुनार, साहब आलम, कमल सिंह ऐरी, भीम सार्की, सागर ढकाल, आदिल खान, ईशान पाण्डे, खडक बोहरा, गौतम केसी, हसिम अन्सारी, राजेश पुलामी मगर र देवराज खनाल रहेका छन् । 

    यसैगरी विदेशी खेलाडीमा श्रीलंकाका शेकेगु प्रशन्न, अफगानिस्तानका मोहम्मद शाहजाद र करिम जन्नत, पाकिस्तानका दासिन अजिज र मलेसियाका विरनदीप सिंह छन् । असोज ९ देखि २३ गतेसम्म सम्म टियु मैदान कीर्तिपुरमा आयोजना हुने इपीएलमा ६ वटा  फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend