logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • टीट्वान्टी वरीयतामा एक स्थान खस्कियो नेपाल

    टीट्वान्टी वरीयतामा एक स्थान खस्कियो नेपाल

    1.7K
    Shares

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको टीट्वान्टी क्रिकेट वरीयतामा नेपाल एक स्थान तल खस्किएको छ । नयाँ वरीयतामा नेपाल १३औं स्थानमा झरेको हो । यसअघि नेपाल रहेको १२औं वरीयतामा आयरल्याण्ड उक्लिएको छ । टीट्वान्टीमा नेपालको उत्कृष्ट वरीयता ११औं हो । 

    नेपाल एसोसियट राष्ट्रको वरीयतामा भने शीर्षस्थानमा छ । टीट्वान्टीमा नेपालले १९ खेलमा ३ हजार ५ सय ५६ प्वाइन्ट र एक सय ८७ रेटिङ अंक बनाएको छ । आयरल्यान्डको २३ खेलबाट चार हजार तीन सय ९ प्वाइन्ट र एक सय ८७ रेटिङ अंक बनाएको छ ।

    वरीयताको शीर्षस्थानमा इङ्ल्याण्ड छ । यसैगरी भारत दोस्रो, पाकिस्तान तेस्रो, न्युजिल्यान्ड चौथो, दक्षिण अफ्रिका पाँचौं, अष्ट्रेलिया छैटौं, बंगलादेश सातौं, अफगानिस्तान आठौं, श्रीलंका नवौं, वेस्टइन्डिज १०औं र जिम्बावे ११औं स्थानमा छ । 

    यसैगरी एकदीवसीय वरीयतामा भने नेपाल यथा स्थानमा छ । नेपाल समग्रमा १६औं स्थानमा छ । नेपालले पछिल्लो पटक गत वैशाखमा घरेलु मैदान कीर्तिपुरमा नेदरल्यान्ड्स र मलेसियासँगको त्रिकोणात्मक सिरिज जितेको थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend